२०८३ भाद्र ३१ बुधबार

सानिमा बैंकको नाफा २ अर्ब ५७ करोड

ई आर्थिक    सोमबार, साउन २६ २०८२
3K
Shares
सानिमा बैंकको नाफा २ अर्ब ५७ करोड

ई-आर्थिक, काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आव ०८०/८१ मा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको बैंकले नयाँ आवमा १७ करोड बढी नाफा आर्जन गर्न सफल भएको हो।

बैंकको गत वर्षको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। अघिल्लो आवमा यी आँकडा क्रमशः ६ अर्ब १८ करोड र ६ अर्ब ४९ करोड रुपैयाँ थिए।

गत आवको अन्त्यसम्ममा बैंकको जोखिम भार पुँजी कोष अनुपात १३.०१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको १३.२१ प्रतिशतको तुलनामा थोरै घटेको हो।

नाफामा सुधार भए पनि सानिमा बैंकको कुल खराब कर्जा अनुपात (एनपीए) भने बढेर ३.०१ प्रतिशत पुगेको छ। अघिल्लो आवको अन्त्यसम्म यो १.७२ प्रतिशत मात्र थियो।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ, जसअनुसार प्रति सेयर आम्दानी २०.४७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij