२०८३ भाद्र ३० मंगलबार

जीवन बीमा बजारमा नेपाल लाइफको दबदबा, ४८ अर्ब बीमा शुल्कसहित २६.४८% बजार हिस्सा

ई आर्थिक    आइतबार, साउन २५ २०८२
6K
Shares
जीवन बीमा बजारमा नेपाल लाइफको दबदबा, ४८ अर्ब बीमा शुल्कसहित २६.४८% बजार हिस्सा

ई-आर्थिक, काठमाडौं ।  जीवन बीमा व्यवसायमा अग्रणी स्थान ओगटिरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कम्पनीले सो अवधिमा ४८ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै २६.४८ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ।

एक वर्षअघि, कम्पनीले ४० अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो। तुलनात्मक रूपमा यस वर्ष १७.५९ प्रतिशतको वृद्धि भएको हो, जुन समग्र जीवन बीमा उद्योगको १६.०५ प्रतिशतको औसत वृद्धिभन्दा माथि छ।

नेपाल लाइफको सबल उपस्थिति

असार मसान्तसम्म, नेपाल लाइफले १० अर्ब ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब २ करोड रुपैयाँभन्दा उच्च हो। यसका साथै, ३७ अर्ब २९ करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन गर्दै कम्पनीले आफ्नो बलियो पक्ष पुष्टि गरेको छ। नविकरण बीमा शुल्कमा कम्पनीको अग्रता यस्तो छ कि अन्य प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गर्न कठिन मानिन्छ।

असार महिनामात्रै, नेपाल लाइफले २ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क (बैदेशिक रोजगारबाहेक) र ४ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्दै ७ अर्ब १० करोड रुपैयाँ कुल संकलन गरेको छ।

व्यावसायिक विस्तार र लगानी लक्ष्य

नेपाल लाइफले बीमा शुल्कमार्फत संकलित रकमलाई विविध उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ। हाल कम्पनीको कुल लगानी २ खर्ब २५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। बीमितलाई उच्च प्रतिफल दिने लक्ष्यसँगै, कम्पनीले “सुखी नेपाली, समुन्नत समाज” र “समृद्ध राष्ट्र” निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएको छ।

कम्पनीका अनुसार लाखौँ बीमितहरूको विश्वास र सहभागिताले नै नेपाल लाइफलाई जीवन बीमा क्षेत्रको शीर्षस्थानमा पुर्‍याएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij