२०८३ साउन ९ शनिबार

सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा तीन गुणा वृद्धि

ई आर्थिक    शुक्रबार, साउन २३ २०८२
5.1K
Shares
सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा तीन गुणा वृद्धि

ई-आर्थिक, काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म आइपुग्दा नाफा र वितरणयोग्य मुनाफामा उल्लेखनीय सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवमा बैंकको खुद नाफा १०.२५ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको वृद्धि नै नाफा बढ्न मुख्य कारण बनेको हो। बैंकको खुद ब्याज आम्दानी ६.२४ प्रतिशतले वृद्धि भई ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा झनै उत्साहजनक देखिएको छ। अघिल्लो वर्ष ५८ करोड रुपैयाँ मात्र रहेको वितरणयोग्य मुनाफा यो वर्ष २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँमा पुगेको छ।

हाल बैंकको खराब कर्जा अनुपात (NPL) २.६२ प्रतिशत रहेको छ भने प्रति शेयर आम्दानी (EPS) २४.१० रुपैयाँ र प्रति शेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij