२०८३ साउन १२ मंगलबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ई आर्थिक    मंगलबार, साउन २० २०८२
3.9K
Shares
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

ई-आर्थिक, काठमाडौं ।  वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-२ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मिना कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij