२०८३ साउन १० आइतबार

नापतौल यन्त्रमा अनियमितता : पाँच जिल्लाका दुई हजारभन्दा बढी व्यवसायी कारबाहीमा

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
1.6K
Shares
नापतौल यन्त्रमा अनियमितता : पाँच जिल्लाका दुई हजारभन्दा बढी व्यवसायी कारबाहीमा

ई-आर्थिक,  जनकपुरधाम ।  गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले नापतौलको नियम उल्लंघन गर्ने धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका २,०४३ उद्योग तथा व्यवसायिक फर्मलाई आर्थिक जरिवाना गर्दै कानूनी कारबाहीमा ल्याएको छ।

आर्थिक वर्ष २०८१/८२ मा गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा ती व्यवसायीहरूले ढक, तराजु तथा डिजिटल नापतौल यन्त्र अनाधिकृत रूपमा प्रयोग गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख सुनील यादवले जानकारी दिए।

उनका अनुसार इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने, कम तौलका सामग्री बढी मूल्यमा बिक्री गर्ने, र लामो समयदेखि यन्त्रको नवीकरण नगर्ने व्यवसायीहरूविरुद्ध कारबाही गरिएको हो।

कार्यालयले सर्लाहीको लालबन्दी र हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका लगायत स्थानहरूमा कैफियत भेटिएका व्यवसायीहरूलाई जरिवानासहित सचेतसमेत गराएको जनाएको छ।

राजस्वमा ५१ लाखभन्दा बढी संकलन

कारबाहीका क्रममा २,६३० व्यवसायीक फर्मको नापतौल यन्त्र परीक्षण गरिएकामा कार्यालयले कुल ५१ लाख १ हजार ९६० रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष २०८०/८१ मा ४० लाख ६७ हजार २४२ रुपैयाँ मात्र संकलन गरिएको थियो।

कार्यालय प्रमुख यादवले पाँच जिल्लामा कार्यक्षेत्र रहे पनि कार्यालयको आफ्नै भवन नभएको, भाडाको साँघुरो घरमा कार्यरत रहँदा काम गर्न कठिन हुने, अनुगमनका लागि सवारीसाधन नहुनु र बजेट अभावले नियमित सेवा प्रवाहमा समस्या हुने गुनासोसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij