२०८३ भाद्र २९ सोमबार

पेट्रोल सस्तो, डिजेल र मट्टितेल महँगियो

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
4.5K
Shares
पेट्रोल सस्तो, डिजेल र मट्टितेल महँगियो

ई-आर्थिक, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। सोमबार साँझ जारी गरिएको सूचनामा पेट्रोलको मूल्य घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य वृद्धि गरिएको जनाइएको छ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य एक रुपैयाँले घटाएर १५९ रुपैयाँ तोकिएको छ। तर, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएकाले अब १५० रुपैयाँ पुगेको छ।

समायोजित मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्। हवाई इन्धनतर्फ, आन्तरिक उडानमा प्रयोग हुने इन्धनको मूल्य तीन रुपैयाँले बढेर १२८ रुपैयाँ प्रतिलिटर पुगेको छ। अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धन भने प्रति किलो लिटर २१ अमेरिकी डलरले बढेर १,०७७ डलर निर्धारण गरिएको छ।

निगमले मूल्य समायोजनको आधारमा हालको अन्तर्राष्ट्रिय खरिद दर, भन्सार शुल्क, ढुवानी लागत र बजार मूल्यलाई प्रमुख कारक बनाएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा हाल प्रतिलिटर १० रुपैयाँभन्दा बढी घाटा छ भने डिजेल र मट्टितेलमा भने थोरै नाफा देखिएको छ।

यसपटक एलपी ग्यासको मूल्य यथावत् राखिएको छ। एक सिलिन्डर ग्यासको मूल्य पहिलेझैं १८०० रुपैयाँ नै कायम गरिएको छ।

पेट्रोल सस्तो हुँदा उपभोक्ताहरू केही राहत महसुस गरिरहेका छन्। तर, डिजेल र मट्टितेल महँगिएपछि दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij