वीरगञ्ज : गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार नाकाबाट विभिन्न किसिमका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार अनएसेम्बल्ड मोटरसाइकलदेखि लिएर क्रेन र ट्रकसम्मका सवारीसाधनहरू सो अवधिमा नेपाल भित्रिएका हुन् ।
सवारीसाधनको आयातबाट वीरगञ्ज भन्सारले दोस्रो ठूलो राजस्व संकलन गरेको छ। इन्धनबाट चल्ने सवारीसाधन मात्रबाट रु १७ अर्ब ३१ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
विभिन्न सवारीसाधनको आयात विवरण:
-
अनएसेम्बल्ड मोटरसाइकल:
५० हजार २९१ वटा, रु ६ अर्ब ६० करोड मूल्यका।
यसबाट रु ६ अर्ब ३१ करोड राजस्व संकलन। -
बस तथा ट्रकका चेसिस:
१,४५४ वटा, रु २ अर्ब ९४ करोड मूल्यका। -
जीप, कार, भ्यान:
९१२ वटा, रु २ अर्ब १ करोड मूल्यका। -
ट्रयाक्टर तथा ट्रेलर:
५,७३५ वटा, रु १ अर्ब ३७ करोड मूल्यका। -
इन्धनबाट चल्ने बस:
४१७ वटा, रु १ अर्ब ११ करोड मूल्यका। -
क्रङ्क्रिट मिश्रण लहरी (कन्क्रिट मिक्सर):
१३९ वटा, रु ७१ करोड मूल्यका। -
ट्रक तथा मिनी ट्रक:
३१२ वटा, रु ७४ करोड मूल्यका। -
मोटरसाइकल (पूणरुपमा बनेका):
४,६४६ वटा, रु ४३ करोड ३१ लाख मूल्यका।
विद्युतीय सवारीसाधनको उल्लेखनीय वृद्धि :
गत वर्ष रु १ अर्ब ६४ करोड मूल्यका साना–ठूला २,३३७ वटा विद्युतीय सवारीसाधन वीरगञ्ज नाका हुँदै भित्रिएका छन्। यी सवारीहरूबाट भन्सारले रु १ अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधन आयातसँगै भन्सार नाकाको व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि भएको छ। सवारीसाधन आयातकर्तालाई लक्षित गरी भन्सार प्रक्रियालाई थप सहज बनाउने काम पनि भइरहेको जनाएको छ।