२०८३ साउन ११ सोमबार

बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले २ अर्ब ९२ करोड लगानी गर्ने

ई आर्थिक    सोमबार, साउन १२ २०८२
3.2K
Shares
बैंक तथा वित्तीय क्षेत्रहरुमा राष्ट्र बैंकले २ अर्ब ९२ करोड लगानी गर्ने

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम लगानी गर्ने बजारमा २ अर्ब ९२ करोड ५३ लाख  प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा  २ अर्ब ९२ करोड ५३ लाख  लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले विभिन्न कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।

केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा २ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गर्ने छ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा  ४३ करोड ८७ लाख  रुपैयाँ लगानी गरिने सूचनामा उल्लेख गरेको छ । साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा  १४ करोड ६२ रुपैयाँ  निक्षेप लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।

सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले साउन १४ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०२५ अगष्ट  ११ देखि २०२६ अगष्ट  सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।

साउन ११ गते केन्द्रीय बैंकले बजारमा १ अर्ब लगानी गर्न आह्वान गरेको छ ।  गत असार ३२ गतेपनि केन्द्रीय बैंकले बैंक तथा वित्तिय क्षेत्रहरुमा राष्ट्र बैंकले  ५७ करोड लगानी गर्ने आह्वान गरेको थियो ।

राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।

जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको,निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij