२०८३ साउन १२ मंगलबार

रोटरीयनहरूले एकै दिनमा ५० हजार बिरुवा रोपे

ई आर्थिक    सोमबार, साउन १२ २०८२
798
Shares
रोटरीयनहरूले एकै दिनमा ५० हजार  बिरुवा रोपे

ई-आर्थिक, काठमाडौं ।  वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र एकताको अद्वितीय उदाहरण प्रस्तुत गर्दै नेपालभरिका १५० भन्दा बढी रोटरी क्लबहरूले रोटरी प्लान्टेशन डे २०२५ मा भाग लिँदै एकै दिनमा ५०,००० भन्दा बढी बिरुवा रोपेका छन्। यो वृक्षारोपण अभियान डिस्ट्रिक्ट-व्यापी लक्ष्य अनुसार एकैदिन सम्पन्न गरिएको हो।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२, नेपाल-भूटानका डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको यस अभियानलाई डिस्ट्रिक्टका सबै क्षेत्रमा एकसाथ कार्यान्वयन गरिएको थियो। जलवायु परिवर्तनसँग जुध्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथै रोटरीयनहरू र उनीहरूका सेवा साझेदारबीच सहकार्य र मित्रता अझ बलियो बनाउने अभियानको मूल उद्देश्य थियो।

“यो केवल रूख रोप्ने होइन, आशा रोप्ने र समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अभियान हो,” गभर्नर कोइरालाले भने। “देशभरबाट देखिएको व्यापक सहभागिता ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने रोटरीको लक्ष्यप्रतिको साझा प्रतिबद्धता देखेर गर्व लागेको छ।”

यस परियोजनाले क्लबहरूलाई विभिन्न समुदायहरूको भ्रमण गर्ने अवसर दिएको थियो, जसबाट उनीहरूले स्थानीय आवश्यकता र चुनौतीहरू बुझ्न सके र भविष्यका सेवाका सम्भावनाहरू पनि पहिचान गर्न सके। सहरी पार्कदेखि दुर्गम पहाडी क्षेत्रसम्म, विद्यालय, सार्वजनिक स्थल, स्वास्थ्य चौकी र राजमार्ग छेउमा बिरुवाहरू रोपिएको थियो।

वृक्षारोपणपछि बिरुवाको स्याहार र संरक्षणमा पनि विशेष ध्यान दिइएको थियो, जहाँ धेरै क्लबहरूले स्थानिय सरोकारवालासँग सहकार्य गरेका छन्।

रोटरी प्लान्टेशन डे २०२५ ले ‘UNITE FOR GOOD’ भन्ने रोटरी इन्टरनेशनलका अध्यक्ष फ्रान्चेस्को अरेज्जोद्वारा अगाडि सारिएको थीम अनुरूप सामूहिक प्रयासको शक्ति र हरित, दिगो र सहकार्यमा आधारित विश्व निर्माणप्रति रोटरीयनहरूको स्थायी प्रतिबद्धतालाई प्रस्ट रूपमा उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij