२०८३ भाद्र २९ सोमबार

काँकरभिट्टाबाट ४७ अर्ब ६० करोडको वस्तु तथा सामान आयात

ई आर्थिक    शुक्रबार, साउन ९ २०८२
3.8K
Shares
काँकरभिट्टाबाट ४७ अर्ब ६० करोडको वस्तु तथा सामान आयात

ई-आर्थिक, झापा ।  पूर्वीनाका काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ। आव २०८०/८१ को तुलनामा गत आवमा दुई अर्ब ९३ करोड ८१ लाख रूपैयाँभन्दा बढीको सामान आयात गरिएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। उनले पेट्रोलियम पदार्थ १९ अर्ब ९४ करोडको आयात हुँदा चार अर्ब ४५ करोड रूपैयाँभन्दा बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिए।

गत आवमा आयात र निर्यातमा सामान्य वृद्धि भएको भन्सार अधिकृत हुमागाईँले बताए। उनका अनुसार आयातमा ६ दशमलव ५८ प्रतिशत अर्थात् दुई अर्ब ९३ करोड रूपैयाँले वृद्धि हुँदा निर्यात भने दुई दशमलव ९६ प्रतिशत अर्थात् ७२ करोड २७ लाख रूपैयाँले बढेको छ।

गत वर्ष यो नाका हुँदै २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईँले जानकारी दिए। आव २०८०/८१ मा २४ अर्ब ४१ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो।

पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij