२०८३ साउन १२ मंगलबार

सर्लाही भन्सार कार्यालयद्वारा ५३ करोड राजस्व संकलन, लक्ष्य अनुसारको राजस्व संकलनमा असफल

ई आर्थिक    शुक्रबार, साउन ९ २०८२
2.6K
Shares
सर्लाही भन्सार कार्यालयद्वारा ५३ करोड राजस्व  संकलन, लक्ष्य अनुसारको राजस्व संकलनमा असफल

ई-आर्थिक, सर्लाही । सर्लाही भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ। कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९१.४३ प्रतिशत मात्रै राजस्व उठाउन सफल भएको छ।

कार्यालयले ५८ करोड ७६ लाख ६३ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ५३ करोड ७३ लाख १७ हजार रूपैयाँमात्र राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए।

यसअघि सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ७२.२५ प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको ५२.९८ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यसपटक राजस्व संकलन बढे पनि शतप्रतिशत लक्ष्य हासिल गर्न नसकिएको उनले बताए।

बजेट वक्तव्यमा अग्रिम आयकर खारेज भएसँगै मलंगवा नाकाबाट अग्रिम आयकर लाग्ने वस्तुको आयात हुन छाडेपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए। भारतसँगको खुला सीमाका कारण विभिन्न सरसामग्रीको तस्करी हुने भएकाले राजस्व संकलनमा समस्या हुँदै आएको बताइन्छ।

सर्लाही भन्सार कार्यालयले मुख्यगरी भारतबाट निकासी हुने धान, आलु र प्याजबाट बढी मात्रामा राजस्व संकलन गर्ने गरेको प्रमुख भन्सार अधिकृत आचार्यले बताए। मलंगवा नाका भएर भारतबाट खाद्यान्नसहित सामग्री ठूलो परिमाणमा आयात हुने गरेको छ।

नेपालबाट प्लाइ र अन्य केही सामग्री थोरै परिमाणमा भारततर्फ निर्यात हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij