२०८३ भाद्र ३० मंगलबार

सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा वृद्धि, यस्तो छ अन्य सूचांक

ई आर्थिक    बिहिबार, साउन ८ २०८२
1.6K
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा वृद्धि, यस्तो छ अन्य सूचांक

ई-आर्थिक,  काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको उल्लेखिय रुपमा  वृद्धि भई ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो मुनाफा १३ करोड १८ लाख रुपैयाँ मात्र थियो।

वितरणयोग्य मुनाफामा उल्लेखनीय वृद्धि भए पनि बैंकको खुद नाफा भने ६.५१ प्रतिशतको सामान्य वृद्धिसहित ५३ करोड ७० लाख रुपैयाँमा सीमित रहेको छ। अघिल्लो वर्षको चौथो त्रैमासमा यो नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो।

बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी समेत ७ रुपैयाँ ८० पैसाले बढ्दै ११ रुपैयाँ ६४ पैसामा पुगेको छ। त्यस्तै, प्रतिशेयर आम्दानी ४० पैसा बढेर १५ रुपैयाँ १० पैसामा पुगेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशतले वृद्धि भई २६३ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०.०६ प्रतिशतले बढेर ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यता, खुद ब्याज आम्दानी भने १.३६ प्रतिशत घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। फि तथा कमिशन आम्दानीमा भने ९.१५ प्रतिशतले वृद्धि देखिएको छ।

बैंकले खर्च नियन्त्रणतर्फ पनि सुधार देखाएको छ। कर्मचारी खर्च २.९९ प्रतिशत घटेर ६६ करोड ७८ लाख रुपैयाँमा झरेको छ भने जोखिम खर्च (impairment charge) पनि ३.४७ प्रतिशतले घटेर ३४ करोड ४६ लाख रुपैयाँमा पुगेको छ।

पूँजीको आधारमा हेर्दा बैंकको पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) १२.९९ प्रतिशतबाट बढेर १४.४१ प्रतिशतमा पुगेको छ। प्रतिशेयर नेटवर्थ ७.८७ प्रतिशतले वृद्धि भई १५६ रुपैयाँ ७१ पैसा कायम भएको छ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्ममा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij