२०८३ भाद्र २९ सोमबार

जनकपुरधाममा चार अर्ब ९० करोड राजस्व संकलन, लक्ष्यभन्दा बढी राजस्व आम्दानी

ई आर्थिक    बुधबार, साउन ७ २०८२
2.7K
Shares
जनकपुरधाममा चार अर्ब ९० करोड राजस्व संकलन, लक्ष्यभन्दा बढी राजस्व आम्दानी

ई-आर्थिक, जनकपुर । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। विभिन्न परिसूचकका आधारमा गरिएको कार्यसम्पादनपछि सो कार्यालयले सात वर्षपछि आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्य चार अर्ब ८८ करोड ६८ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोभन्दा बढी चार अर्ब ९० करोड ४३ लाख रूपैयाँ कुल राजस्व संकलन गरेको छ।

साथै, कार्यालयले लामो समयदेखि राजस्व नतिर्ने १२५ व्यावसायिक फर्मलाई कारबाही प्रक्रिया अघि बढाएको छ। त्यसमध्ये कारबाहीमा परेकामध्ये १० वटा फर्मबाट चार करोड ३० लाख रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिए।

सोही अवधिमा कार्यालयले आयकरतर्फ एक अर्ब ३२ करोड ५३ लाख ७४ हजार रूपैयाँ, बहालकरतर्फ तीन करोड ३४ लाख ४५ हजार रूपैयाँ, ब्याजकरतर्फ सात करोड ९५ लाख २९ हजार रूपैयाँ, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब नौ करोड ८० लाख ६४ हजार रूपैयाँ, अन्तःशुल्ककरतर्फ दुई अर्ब ३६ करोड ६० लाख १० हजार रूपैयाँ, स्वास्थ्यकरतर्फ चार लाख ७९ हजार रूपैयाँ, शिक्षाकरतर्फ तीन हजार तथा अन्यकरतर्फ १४ लाख ३७ हजार गरी कुल चार अर्ब ९० करोड ४३ लाख ४१ हजार रूपैयाँ राजस्व संकलन भएको जानकारी दिइएको छ।

सोही अवधिमा कार्यालयले आयकरतर्फ एक अर्ब ५८ करोड ६० लाख, बहालकर ५४ करोड ४४ लाख ८०, ब्याजकर सात करोड ६१ लाख ३१ हजार, मूल्य अभिवृद्धिकरतर्फ एक अर्ब १७ करोड १७ लाख १४ हजार, अन्तःशुल्ककरतर्फ एक अर्ब ९९ करोड ६१ लाख ६ हजार, स्वास्थ्यकरतर्फ २१ लाख ८३ हजार, शिक्षाकरतर्फ दुई लाख पाँच हजार गरी कुल चार अर्ब ८८ करोड ६८ लाख २४ हजार रूपैयाँ राजस्वको लक्ष्य रहेको थियो।

करिब ३५ हजार करदाता रहको सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बढी राजस्व संकलन गरेको सो कार्यालयद्वारा प्राप्त तथ्यांकमा जनाइएको छ। विवरणमा आर्थिक वर्ष २०८०/८१ मा तीन अर्ब ८२ करोड ८५ लाख रूपैयाँ तथा २०८१/८२ मा चार अर्ब ९० करोड ४३ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij