२०८३ साउन ११ सोमबार

बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो

ई आर्थिक    बुधबार, साउन ७ २०८२
988
Shares
बाढीले ताप्लेजुङमा बेलिब्रिज बगायो

ई-आर्थिक, ताप्लेजुङ ।  बाढीले फक्ताङलुङ गाउँपालिका-५ र ६ जोड्ने तमोर नदीमा बेलिब्रिज बगाएको छ। अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए।

पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ। बाढीका कारण तमोर नदीको बहावसमेत बढेको छ। उक्त बेलिब्रिज रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि निर्माण गरेको हो।

जिल्ला प्रशासन कार्यालय संखुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेलले जानकारी दिए।

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

उक्त क्षेत्र भई बग्ने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराइएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij