ई- आर्थिक, काठमाडौं । गत आर्थिक वर्ष २०८१/ २०८२ मा आयात तथा निर्यात बढेको छ । नेपालको व्यापार क्षेत्रमा सुधार देखिन थालेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले अन्य मुलुकसँग २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजारको बस्तु तथा सामान निर्यात गरेको छ ।
विभागका अनुसार समीक्षा अवधिमा १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । नेपालमा आयात १३.२५ प्रतिशतले बढेको भन्सार विभागले बतायो ।
साथै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
त्यस्तै देशको व्यापार घाटा ६ प्रतिशतले बढेर १५ खर्ब नाघेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/ ८१ मा १४ खर्ब ४० खर्ब ६० करोड रहेकोमा २०८१/८२ मा १५ खर्ब २७ अर्ब ९ करोड बराबर व्यापार घाटा पुगेको हो ।