२०८३ भाद्र ३१ बुधबार

सिद्धार्थ बैंकका ग्राहकहरुलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलून मा २५ प्रतिशत सम्मको छुट

ई आर्थिक    सोमबार, साउन ५ २०८२
4.4K
Shares
सिद्धार्थ  बैंकका ग्राहकहरुलाई जावेद हबीब हेयर एण्ड ब्युटी सैलून मा २५ प्रतिशत सम्मको छुट

ई-आर्थिक, काठमाडौं ।  सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलून बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिसत सम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’  मार्फत सम्पर्क गर्ने सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij