२०८३ भाद्र २९ सोमबार

२२ अर्ब १६ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात

ई आर्थिक    सोमबार, साउन ५ २०८२
3.9K
Shares
२२ अर्ब १६ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात

ई-आर्थिक, झापा ।  प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २२ अर्ब १६ करोड ११ लाख ७२ हजार रुपैयाँबराबरको कृषिजन्यवस्तु निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत छन्।

गत आवमा सबैभन्दा धेरै चिया नौ अर्ब ५५ करोड ८५ लाख, अलैँची छ अर्ब ५९ करोड २० लाख, प्लाइ तथा भेनियर तीन अर्ब ८५ करोड ७१ लाख, अम्लिसो एक अर्ब नौ करोड मूल्य बराबरको निर्यात भएको छ।

साथै अदुवा २७ करोड २६ लाख, बन्दा आठ करोड ६० लाख, जडीबुटी नौ करोड १३ लाख, मसुरो दाल नौ करोड सात लाख बराबरको निर्यात भएको छ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट तीन अर्ब ४६ करोड एक लाख ६६ हजार मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको छ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत छन्।

क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १७ करोड ७० लाख ७२ हजार, चामल नौ करोड २७ लाख, ताजा तरकारी ३८ करोड ३२ लाख मूल्य बराबरको आयात भएको छ।

यसैगरी ताजा फलफूल ३८ करोड ११ लाख, लसुन ६४ करोड १५ लाख, आलु ७३ करोड ८६ लाख रुपैयाँबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij