२०८३ भाद्र २९ सोमबार

मञ्जुश्री फाईनान्सको न्यूरोड शाखा कार्यालय स्थानान्तरण

ई आर्थिक    सोमबार, साउन ५ २०८२
2.3K
Shares
मञ्जुश्री फाईनान्सको न्यूरोड शाखा कार्यालय स्थानान्तरण

ई-आर्थिक, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले  न्यूरोड शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

मञ्जुश्री फाईनान्सको न्यूरोड शाखा कार्यालय हालको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडबाट ग्राहक महानुभावहरूको सहजतालाई मध्येनज़र गर्दै साउन ४ गते  आईतबारदेखि उक्त शाखा कार्यालय हाल रहेको स्थान भन्दा करिब ५० मिटर उत्तर तर्फ काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडमा स्थानान्तरण भई सेवा प्रवाह सुरू भएको हो ।

स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका संचालक समितिका अधक्ष्य  सुमन प्रसाद अधिकारीबाट भएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी शाखाको स्थानान्तरण गरिएको शाखाकी प्रबन्धक सन्जीब श्रेष्ठले जानकारी दिए ।

हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८. ८ अर्ब कर्जा परिचालन गरेको छ । मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ |

फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ |

हालकोसम्म यस फाइनान्समा  १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको छ भने  मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij