२०८३ साउन १० आइतबार

७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०”मा चार गुणाभन्दा बढीको आवेदन

ई आर्थिक    शुक्रबार, साउन २ २०८२
2.2K
Shares
७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०”मा चार गुणाभन्दा बढीको आवेदन

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड द्वारा जारी “७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०” चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ ।

कुल ३०,००,००० इकाईहरू, प्रत्येक रु. १,००० को अंकित मूल्यमा, जम्मा रु. ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको थियो ।

२०८२ असार ३० देखि श्रावण १ सम्म खुला रहेको यो निष्काशनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।

कुल इकाईहरूमध्ये १८,००,००० इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२,००,००० इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये ५% (६०,००० इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो ।

१० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७% वार्षिक आकर्षक ब्याजदर रहेको थियो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ ज्येष्ठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij