२०८३ साउन ११ सोमबार

नेपालमा टेलिग्राम एप बन्द, मनी लाउण्डरिङ तथा गम्भीर अपराधमा संलग्नता

ई आर्थिक    शुक्रबार, साउन २ २०८२
4K
Shares
नेपालमा टेलिग्राम एप बन्द, मनी लाउण्डरिङ तथा गम्भीर अपराधमा संलग्नता

ई-आर्थिक, काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द गरिएको छ ।  नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको हो ।

नेपाल दुरसंचार  प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनि लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नतासमेत रहेको बुझिन आएकाले टेलिग्राम तत्काल बन्द गरिएको प्राधिकरणले जानकारी दियो ।

‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एपमार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन गरिएको छ’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले समेत टेलिग्राम बन्द गर्ने राय दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij