२०८३ साउन १० आइतबार

आर्थिक वर्ष २०८१/२०८२ को अर्धवार्षिक आर्थिक गतिविधिको अवस्था

ई आर्थिक    बिहिबार, साउन १ २०८२
4.9K
Shares
आर्थिक वर्ष २०८१/२०८२ को अर्धवार्षिक आर्थिक गतिविधिको अवस्था

ई-आर्थिक, काठमाडौं । राष्ट्र बैंककले आर्थिक वर्ष २०८१/२०८२को अर्ध वार्षिक आर्थिक गतिविधि सार्वजनिक गरेको छ । केन्द्रीय बैंक अनुसार अन्तराष्ट्रिय स्थितिमा   अन्तर्राष्ट्रिय मुद्रा कोष द्वारा अप्रिल २०२५ मा अद्यावधिक गरिएको ध्यचमि World Economic Outlook  अनुसार सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र सन्२०२५ मा २.८ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण छ ।

विश्वका विकसित मुलुकहरूको मुद्रास्फीति दर सन् २०२४ मा २.६ प्रतिशत रहेकोमा सन् २०२५ मा २.५ प्रतिशत रहने प्रक्षेपण छ । त्यसैगरी, उदीयमान तथा विकासशील मुलुकहरूको मुद्रास्फीति दर सन् २०२४ मा ७.७ प्रतिशत रहेकोमा सन्२०२५ मा ५.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।

आर्थिक स्थिति

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने संशोधित अनुमान रहेको छ । आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको हो ।

कृषि

समीक्षा अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन ०.९७ प्रतिशतले घटेकोछ । तरकारी तथा बागबानीको उत्पादन ५.७५ प्रतिशतले वृद्धि भएको छ । फलफूलको उत्पादनमा ४.८१ प्रतिशतले वृद्धि भएको छ भने मसलाको उत्पादनमा १०.२० प्रतिशतले ह्रास आएको छ ।

पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन २.८६ प्रतिशत र मासु उत्पादन २.३० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, समीक्षा अवधिमा अण्डा उत्पादन १.०४ प्रतिशतले बढेको छ । वनजन्य उत्पादन अन्तर्गत दाउरा उत्पादन १०.७२ प्रतिशतले र औषधीजन्य वस्तुको उत्पादन १०.२९ प्रतिशतले बढेको छ ।

उद्योग

समीक्षा अवधिमा उद्योगको क्षमता उपयोग औसतमा ४१.११ प्रतिशत रहेको छ ।  २०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ३०.३१ प्रतिशत रहेको देखाउछ  ।

सेवा

आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि पुससम्म ६ महिना अवधिमा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। घरजग्गा रजिष्ट्रेसन संख्या ६.२६ प्रतिशतले घटेर २ लाख २३ हजार १ सय ४६ कायम भएको छ । घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजस्व २.९३ प्रतिशतले बढेर रु.१० अर्ब ३९ करोड ७ लाख पुगेको छ । घर÷भवन स्थायी नक्सा पास संख्या ४.९१ प्रतिशतले घटेर १४ हजार ९ सय ९२ पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.०३ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १५.९८ प्रतिशतले वृद्धि भएको हो  ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको अंश क्रमशः ६६.९६ प्रतिशत र ५९.३० प्रतिशत रहेको छ । निक्षेप र कर्जामा कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम क्रमशः १.११ प्रतिशत र १.०९ प्रतिशत रहेको छ ।

२०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तसम्ममा दर्ता भएका कुल सवारी साधनको संख्या ७.७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा छनोटमा परेका सहकारी संस्थाहरूको कुल पँुजी ९.९८ प्रतिशतले बढेको छ । उक्त सहकारीहरुको कुल बचत ९.४३ प्रतिशतले बढेको  भने कुल कर्जा १०.२७ प्रतिशतले घटेको देखिन्छ ।

पूर्वाधार

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा नयाँ २ लेनको कालोपत्रे स्तरको सडक २४६कि.मि., २ लेन भन्दा माथिको कालोपत्रे स्तरको सडक ४६ कि.मि. र माटे सडक ८४ कि.मि. निर्माण सम्पन्न भएको छ । त्यसैगरी, आवधिक मर्मततर्फ १३९ कि.मि. सडकको मर्मत सम्भार भइसकेको र ४१ वटा पुलको निर्माण सम्पन्न भएको केन्द्रीय बैंकले बतायो ।

समीक्षा अवधि सम्ममा ७७ वटैजिल्लामा यातायात सञ्जालको पहुँच पुगेको छ भने कुल ८० वटा राजमार्गहरुको कुल लम्बाई १४ हजार ९ सय १३ कि.मि. रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij