ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने बजारमा ५७ करोड रुपैयाँ प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५७ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।
केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा ४५ करोड ६० लाख रुपैयाँ लगानी गर्नेछ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ८ करोड ५५ लाख रुपैयाँ लगानी सूचनामा उल्लेख गरेको छ साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड ८५ लाख निक्षेप लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।
सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले साउन २ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप वि.स २०८२/०४ /०६ गेतदेखि २०८३/०४/०६ गते सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
