२०८३ भाद्र ३० मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    आइतबार, असार २९ २०८२
4.8K
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । आज बजारमा सुनचाँदीको मूल्यमा बृद्धी भएको छ ।

बजारमा सुन प्रतितोला १ हजार १ सय रुपैयाले बढ्दा चाँदी पनि तोलामा ६५ रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा  १ लाख ९२ हजार ९०० रुपैयाँ पुगेको छ। शुक्रबार यसअघि छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ६५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला २,२२० रुपैयाँमा कारोबार भएको चाँदी आज २,२८५ रुपैयाँमा कारोबार भइरहेको रहेको छ ।

सुनचाँदीको मूल्यमा आएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव र स्थानीय माग आपूर्तिको सन्तुलनसँग सम्बन्धित रहेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij