२०८३ साउन १० आइतबार

विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको संकट पार गर्न सकिने छ : मन्त्री यादव

ई आर्थिक    बुधबार, असार २५ २०८२
4.4K
Shares
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको संकट पार गर्न सकिने छ : मन्त्री यादव

ई-आर्थिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताउनु भएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहनु भएका मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहट लगायतका मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन नै निक्कै कठिन भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो ।

“यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमनसमेत गरिरहेको छु,” उहाँले भन्नुभयो, “खानेपानीको समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सा लगायतका जिल्लाहरुसहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडारुमा हालसम्म २३७ भन्दा बढीको सङ्ख्यामा डिप बोरिङ गाडि सकिएको छ । पानीको समस्या समाधानका लागि थप पहल भइरहेको छ ।”

यसैगरी उहाँले आगामी आर्थिक वर्षको सुरुवातसँगै यसकार्यलाई अझ द्रुत गतिमा अगाडि बढाइने बताउनु हुँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताउनुभयो ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंकको सहयोगमा रु ४ अर्ब ५० करोडको लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उहाँको भनाई छ ।

“यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दै उनले सबैको सहयोग र समन्वयले नै पानी संकटको समाधान निकाल्न सकिने छ,” उहाँले भन्नुभयो ।

साथै प्रदेश र स्थानीय सरकार तथा खानेपानी र सरसफाई क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उहाँले आग्रह समेत गर्नु भएको छ ।

मन्त्री यादवले भन्नुभयो, “यस विपद्को घडिमा हामी सबैको सहकार्यबाट यो सङकट पार गर्न सकिने दृढ विश्वास लिएको छु । विपत्तिका बेला हामी सबै एक हौँ, सङकटका घडीमा सहकार्य नै हाम्रो बल हो ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij