२०८३ भाद्र २९ सोमबार

शिवमसहित चार कम्पनी कालोसूचिमा, एक बर्षसम्म सार्वजानिक खरिदमा सहभागी हुन नपाउने

ई आर्थिक    सोमबार, असार २३ २०८२
4.2K
Shares
शिवमसहित चार कम्पनी कालोसूचिमा, एक बर्षसम्म सार्वजानिक खरिदमा सहभागी हुन नपाउने

ई–आर्थिक, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार कम्पनीलाई कालोसूचिमा राखेको छ ।

चार वटा निकायबाट कालोसूचिमा राख्नका लागि लेखि पठाइएअनुसार कार्यालयले असार २२ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार सूचना प्रकाशित गर्दै यी कम्पनीहरुलाई कालोसूचिमा राखेको हो ।

कालोसूचिमा पर्ने कम्पनीहरुमा काठमाडौंको ग्रीन लिफ प्रा.लि, धनुषाको शिवम कन्स्ट्रक्सन, काठमाडौं टोखाको डि.जी इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रा.लि र सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स रहेका छन् ।

चारै वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचिमा राखिएको हो ।

कालोसूचिमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा यी कम्पनीहरुले भाग लिन नसक्ने समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij