२०८३ साउन १२ मंगलबार

गरिमा विकास बैंक ‘एनपीएस नेपाल पे’ मा आवद्ध

ई आर्थिक    बिहिबार, असार १९ २०८२
3.3K
Shares
गरिमा विकास बैंक ‘एनपीएस नेपाल पे’ मा आवद्ध

ई-आर्थिक, काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच  एनपीएस नेपाल पे प्रिन्सिपल  को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ ।  असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  माधव प्रसाद उपाध्यायज्यू र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नु भएको हो ।

एनसीएचएलले हालै एनपीएस – एनसीएसको  पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम  इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै गरिमा विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस र एनसीएसलाई  विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस र एनसीएसको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।

नेपालका अग्रणी विकास बैंकहरु मध्येको गरिमा विकास बैंकले देश भरी रहेका १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij