२०८३ साउन १० आइतबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

ई आर्थिक    मंगलबार, असार १७ २०८२
3.1K
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो,  नयाँ मूल्य कति  ?

ई-आर्थिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमका अनुसार मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढेको बतायो ।

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको हो  । नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे । निगमले एलपी ग्यासको खुद्रा मूल्य यथावत राखेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।

बजारमा पेट्रोलको मूल्य पहिलो वर्ग देखि चौथो वर्ग सम्म १६२.५० देखि १६५ रुपैयाँसम्म पर्छ भने डिजेलको नयाँ मूल्य १४६ रुपैयाँ देखि १४९ रुपैयासम्म पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij