२०८३ साउन ११ सोमबार

मेलम्चीमा बस दुर्घटना, चालकसहित ७ जना घाइते

ई आर्थिक    शनिबार, असार १४ २०८२
4.7K
Shares
मेलम्चीमा बस दुर्घटना, चालकसहित ७ जना घाइते

ई-आर्थिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक थाङपालगाउँपालिकाबाट काठमाडौं  आउदै गरेको बस दुर्छटना हुदा ७ जना घाइते भएका छन् ।

यात्रुबहाक बस मेलम्ची बजार नजिकै दुर्घटनामा परेको स्थानीय प्रहरी प्रशासनले जानकारी दियो ।

बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ तर्फ आउदैगर्दा  दुर्घटना भएको हो  ।

घाइतेहरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ । चालक महेश्वर ढकाल भने गम्भीर छ्न् ।

घाइते हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी,हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij