२०८३ भाद्र २९ सोमबार

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    शुक्रबार, असार १३ २०८२
1.8K
Shares
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायम रहेको छ । साताको अन्तिम दिन आज सुनको मूल्यमा भारीमात्रामा गिरावट आएको हो ।

बजारमा आज सुन प्रतितोला २९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दियो ।

सुन प्रतितोला   १ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको   महासंघले बतायो ।

बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij