२०८३ साउन ११ सोमबार

विजुली उत्पादन बढ्यो, भारतमा दैनिक ७ सय मेगावाट विजुली बेच्दै नेपाल

ई आर्थिक    बिहिबार, असार १२ २०८२
4K
Shares
विजुली उत्पादन बढ्यो, भारतमा दैनिक ७ सय मेगावाट विजुली बेच्दै नेपाल

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा दैनिक ७ सय मेगावाट विजुली निर्यात गर्न थालेको छ । नेपालमा वर्षायामसंगै नदिप्रवाह बढेसंगै जलविद्युत उत्पादन पनि बढिरहेको हो ।

नेपाल विद्युत् प्राधिकरणले नेपालमा खपत भएर बचत भएको विद्युत भारत तथा बंगलादेशमा निर्यात भएको जानकारी दियो ।

प्राधिकरणका अनुसार  देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ७ सय मेगावाट पुगेको छ। हाल दैनिक पिक डिमान्ड २ हजार मेगावाट र सामान्य माग १ हजार ८ सय मेगावाटको हाराहारीमा रहेको छ।

भारतमा साढे ६ सयदेखि ७ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात भइरहेको प्राधिकरणले बतायो । असार १ गतेदेखि बंगलादेशमा ४० मेगावाट विजुली निर्यात भैरहेको छ ।

विद्युत् निर्यातमार्फत देशको व्यापार घाटा घटाउन र जलविद्युतको पूर्ण उपयोग गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij