२०८३ साउन १० आइतबार

११ महिनामा काँकरभिट्टाबाट १८ अर्ब चार करोड पेट्रोलियम पदार्थ आयात

ई आर्थिक    मंगलबार, असार १० २०८२
2.8K
Shares
११ महिनामा काँकरभिट्टाबाट १८ अर्ब चार करोड पेट्रोलियम पदार्थ आयात

ई-आर्थिक, झापा । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १८ अर्ब चार करोड ६० लाख रूपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिको तुलनामा रु एक अर्ब छ करोड ४३ लाख अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ७० प्रतिशत अर्थात् ४७ करोड ४३ लाख ८७ हजार रूपैयाँले बढेको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा आठ अर्ब ११ करोड ५९ लाख मूल्यबराबर ९३ हजार आठ सय २४ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी ६ अर्ब २६ करोड ७१ लाख मूल्यबराबर ६८ हजार ८२० किलोलिटर डिजेल आयात भएको छ।

त्यसैगरी, सोही अवधिमा दुई अर्ब ५९ करोड मूल्यबराबरर २३ हजार ४३८ मेट्रिकटन एलपी ग्यास, ६१ करोड २० लाख मूल्यबराबर ६ हजार ७०८ किलोलिटर एटीएफ र २२ करोड ७१ लाख मूल्यबराबरको दुई हजार ५२० किलोलिटर मट्टितेल आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij