२०८३ साउन १२ मंगलबार

चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड राजस्व संकलन

ई आर्थिक    मंगलबार, असार ३ २०८२
3.5K
Shares
चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड राजस्व संकलन

ई-आर्थिक, वीरगञ्ज ।  सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा ४५ अर्ब ६१ करोड ६८ लाख ५० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको ११ महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको जानकारी दिए ।

उनले साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।

मंसिरमा ३ अर्ब २२ करोड, पुसमा ३ अर्ब ५६ करोड रुपैयाँ, माघमा ४ अर्ब २९ करोड रुपैयाँ, फागुनमा ४ अर्ब ६८ करोड र चैतमा ४ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको बताए ।

बैशाखमा  ४ अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ, जेठमा ४ अर्ब ४३ करोड ५७ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयको चालु आवमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij