ई-आर्थिक, काठमाडौं । बजारमा सुनको मूल्य फेरी घटेको छ । केहीदिनयता महंगिएको सुन आज भारीमात्रामा घटेको हो ।
सुन प्रतितोला २५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।
बजारमा आज सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले बतायो । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।