२०८३ साउन ११ सोमबार

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने, निजामती सेवा विधेयक पारित हुनसक्ने

ई आर्थिक    मंगलबार, असार ३ २०८२
2.9K
Shares
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने, निजामती सेवा विधेयक पारित हुनसक्ने

ई-आर्थिक, काठमाडौं ।  संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाइएको छ। बैठकको प्रमुख कार्यसूचीमा संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल र पारित प्रक्रिया रहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने तयारी भएको छ। लामो समयदेखि अलमलमा परेको निजामती सेवा विधेयक आजको बैठकबाट पारित हुने सम्भावना बढेको छ।

यसैबीच, समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची पनि बैठकमा राखिएको छ।

सरकारी सेवा व्यवस्थापनको कानुनी ढाँचा निर्माण तथा नागरिकतासम्बन्धी बहुप्रतीक्षित विषयमा संसद् सत्तारूढ र प्रतिपक्षबीच सहमति खोज्ने प्रयास भइरहेका बेला आजको बैठक विशेष रुपमा अर्थपूर्ण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij