२०८३ साउन ११ सोमबार

“बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”

ई आर्थिक    आइतबार, असार १ २०८२
5.3K
Shares
“बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”

ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ।

पूर्व अर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन नसकेका बताउनुभएको छ। राजनीतिक नेतृत्वले मेहनत गरेर बजेट नल्याएको आरोप लगाउनुभयो। “बलियो सरकारले ल्याएको यो कमजोर बजेट हो”,सांसद पुनले भने।

उनले राजस्व चुहावटको समस्या, पुँजीगत खर्च र प्राथमिकताका क्षेत्रलाई समेट्न बजेटले नसकेको बताए। वित्तिय सङ्घीयतालाई बलियो बनाउन बजेट चुकेको उनको भनाइ थियो।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आमजनताको अपेक्षा सम्बोधन गर्न बजेट असमर्थ भएको बताए। उनले ठूला उद्यमी– व्यवसायी खुसी बनाउने गरी बजेट आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

आम जनता पार्टीका सांसद प्रभु साहले बजेट बिचौलियालाई खुसी पार्ने गरी आएको आरोप लगाए।

नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरीले आगामी आर्थिक वर्षको बजेटले नागरिकको आवश्यकता समेट्न सफल भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरे। उनले कृषि उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि विशेष ध्यान दिन आग्रह गरे।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले बजेट मुलुकको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सफल हुने विश्वास व्यक्त गरे। उनले बजेटमा युवालाई केन्द्रमा राखी नवप्रवर्तनसहितका उद्योग, सहुलियतपूर्ण कर्जा, कृषिको आधुनिकीकरण समेटिएका बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij