२०८३ भाद्र २९ सोमबार

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स २४ औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना

ई आर्थिक    आइतबार, असार १ २०८२
8.6K
Shares
गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स २४ औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना

ई-आर्थिक, काठमाडौं । जेठ ३० गतेदखि  वित्तीय कारोबार संचालन गरेको गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि. २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ७ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुर स्थित श्री अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता सम्पन्न गरेको हो ।

साथै वार्षिकोत्सवको दिन २०८२÷०२÷३० गते श्री नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत वर्ष देखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागीता जनाउँदै आईरहेकोेमा आगामी दिनहरुमा पनि यसै गरी निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै ए.टि.एम सेवा, कबाभ मभउयकष्त लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ।

संस्थाको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, शुभचिन्तक, श्री नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति कृतज्ञता पूर्वका हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गदछौं ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij