२०८३ साउन १२ मंगलबार

बाइराँकामा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०८२
2.9K
Shares
बाइराँकामा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध

ई-आर्थिक, जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी-१ स्थित बाइराँकामा सुक्खा पहिरो खस्दा राजमार्ग अहिले अवरुद्ध भएको छ।

जुम्ला सदरमुकाम खलंगा बजारबाट छुट्ने कालिकोटको नाग्म हुँदै सुर्खेत नेपालगञ्ज र मुगुको गमगडी जाने सवारीसाधन ठप्प भएका छन्। ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फका सवारीसाधन रोकिएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए।

अहिले राजमार्गमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ आवश्यक जनशक्ति र मेसिनरी साधन घटनास्थलमा पुगिसकेका छन्। अबको दुई घण्टाभित्र सडक सञ्चालन हुने कार्यालय प्रमुख चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij