२०८३ साउन १० आइतबार

आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०८२
2.7K
Shares
आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण

ई-आर्थिक, अर्घाखाँची । मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।

‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट ११ वटा बाख्रा उपहार प्रदान गरिएको हो।

गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपालको सहजीकरणमा गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेलले बताइन्।

निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न मालारानीमा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष पोख्रेलको भनाइ छ।

गाउँपालिकाका उपाध्यक्ष पोख्रेल, वडाध्यक्ष नारायणप्रसाद अर्याललगायतको उपस्थितमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका परियोजना संयोजक दिनेश बेल्वासेले बताए।

विभिन्न वडामा यस परियोजनाअन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिँदै आएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका लेखापाल अर्जुन खनालले जानकारी दिए। निम्न आयस्रोत भएका किसान लक्षित कार्यक्रम हेफर प्रोजेक्ट नेपालको सहयोगमा मालारानीमा सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij