२०८३ साउन ११ सोमबार

चालु आर्थिक वर्षको १० महिनाको चालु खाता २५५ अर्बले बचतमा, शोधनान्तर स्थिति ४३८ अर्बले बचत

ई आर्थिक    मंगलबार, जेष्ठ २७ २०८२
2.2K
Shares
चालु आर्थिक वर्षको १० महिनाको चालु खाता २५५ अर्बले बचतमा, शोधनान्तर स्थिति ४३८ अर्बले बचत

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको समीक्षा अवधिमा चालु खाता  २५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता  १९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।

साथै समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो ।

यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.७ अर्ब ५ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार  समीक्षा अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा२ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij