२०८३ साउन १० आइतबार

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता, ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध

ई आर्थिक    आइतबार, जेष्ठ २५ २०८२
1.7K
Shares
प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता, ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध

ई-आर्थिक, प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरीएको छ ।

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा   होटल कोठामा १५ प्रतिशत  छुट तथा   खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाँउन सकिने छ ।

यी छुट अफरहरुले ग्राहकहरुलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग गर्नेछ ।

जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij