२०८३ साउन १२ मंगलबार

उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत मलम्पार र बुलमा विद्युत सुविधा विस्तार

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
2.5K
Shares
उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत मलम्पार र बुलमा विद्युत सुविधा विस्तार

ई-आर्थिक, म्याग्दी।  म्याग्दीको धौलागिरि गाउँपालिका-५ मलम्पार र वडा नम्बर ६ को बुलमा विद्युतीकरण भएको छ। नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत मलम्पार र बुलमा विद्युत सुविधा विस्तार गरिएको हो। मलम्पारमा १५० र बुलमा ४५ घरपरिवारको बसोबास छ।

धौलागिरि गाउँपालिका-६ का वडाध्यक्ष राजाराम सुवेदीले मराङ-राम्चे हुँदै बुल र मलम्पारमा पुर्‍याइएको विद्युत लाइनबाट घरघरमा मिटर बक्स जोडर बिजुुली बाल्न थालेका जानकारी दिए। मलम्पार र बुलका बासिन्दाले उज्यालोका लागि हाल लघुजलविद्युत परियोजना, सौर्य ऊर्जा र टुकीमा निर्भर छन्।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ। यस योजनामार्फत यसअघि मालिका गाउँपालिका-१ निस्कोट, २ रूम, ३ डाँडागाउँ, पात्ले, वडा नम्बर ४ ओखरबोटका ६०० घरपरिवारमा विद्युतीकरण भइसकेको छ।

धौलागिरि गाउँपालिकाको लुलाङमा मुख्य शाखा लाइन पुर्‍याएर १०० केभीए क्षमताको ट्रान्सफर्मर जोडेर शुक्रबार परीक्षण सफल भएको हाे।

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धौलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij