२०८३ साउन १२ मंगलबार

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण

ई आर्थिक    शनिबार, जेष्ठ २४ २०८२
3.9K
Shares
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण

ई-आर्थिक, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ। गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो।

गाउँपालिकाभित्रका सात वटा वडाका चार/चार जना एकल महिला छनोट गरी प्रत्येकलाई एक/एक वटा बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार पालिकाभित्र एकल महिलाको संख्या चार सय ५२ जना रहेकामा निम्न आय भएका २८ जना महिला छनोट गरी बाख्रा वितरण गरिएको हाे। पालिकाले एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेकाे हाे।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी भन्छन्, ‘यसले उहाँहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ, बाख्रा खरिदका लागि पालिकाले प्रति महिला १२ हजार रुपैयाँ सहयोग गरेको छ।’ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एकल महिलालाई बाख्रा वितरणका लागि पालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए।

एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यसहित बाख्रा वितरण गरिएको अध्यक्ष श्रेष्ठकाे भनाइ छ। एकल महिला सिर्जना विकले पालिकाले अनुदानमा बाख्रा वितरण गरेकाले बाख्रापालनतर्फ आत्मनिर्भर बन्ने प्रयास गर्ने बताइन्। उनी भन्छिन्, ‘यसले बाख्रापालनतर्फ अगाडि बढ्न प्रोत्साहित गरेको छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij