२०८३ भाद्र ३० मंगलबार

नेपाल बीमा प्राधिकरणद्वारा बीमाको दाबी उजुरी हेर्न इजलास सञ्चालन

ई आर्थिक    बिहिबार, जेष्ठ २२ २०८२
4.6K
Shares
नेपाल बीमा प्राधिकरणद्वारा बीमाको दाबी उजुरी हेर्न इजलास सञ्चालन

ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणमा इजलाश संचालन आएको छ ।

नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको हो  ।

नेपाल बीमा प्राधिकरणका  बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij