ई-आर्थिक, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ बढेको हो ।
बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
बिहीबारको बजारमा चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।