ई-आर्थिक, काठमाडौं । सरकारले उद्योग व्यवसाय कृषि फर्म र हाउजिङ अपार्टमेन्टका लागि जग्गाको हदबन्दी नलाग्ने भएको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य मार्फत यस्तो घोषणा गरेका हुन्।
जग्गा प्राप्ती र हदबन्धी सम्बन्धी कानुनको पुनरावलकोन गरिने भएको छ।
उद्योग व्यवसाय कृषि फर्म र हाउजिङ अपार्टमेन्टका लागि हद बन्दी भन्दा बढि जग्गा खरिद गर्न पाउने व्यवस्था मिलाइने भएको छ। अनुमति प्राप्त गरि निर्माण सम्पन्न भएका दर हदबन्दीका कारणले बिक्री हुन नसकेका हाउजिङ तथा अपार्टमेन्टहरु बिक्री गर्न पाउने व्यवस्था मिलाइने भएको छ।
उपत्यका भित्रका उद्योग कलकारखानाले काठमाडौं उपत्यका भन्दा बाहिर कलकारखाना स्थापना गरेमा सरकारले निःशुल्क जग्गा लिजमा दिने भएको छ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८२ को बजेट वक्तव्य मार्फत ति कारखानालाई निःशुल्क जग्गा लिजमा लिन पाउने व्यवस्था मिलाउने भएका हुन्।