२०८३ भाद्र २९ सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
3.9K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाव कायम रहेको छ । आज पनि   बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला  प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको हो ।

बजारमा  सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।  बुधबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । हिजो  पनि  सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको थियो ।

आज  चाँदीको मूल्य पनि घट्यो । आज चाँदी प्रतीतोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतीतोला एक हजार ९९५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij