ई-आर्थिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको दैनिक न्यूनतम ९० प्रतिशत रकम कायम गर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८१ को संशोधन जारी गरेको हो । बैंक वित्तीय संस्थाहरुले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातम (सीआरआर)मध्ये न्यूनतम ९० प्रतिशत रकम दैनिक रूपमा नेपाल राष्ट्र बैंकमा कायम गर्नुपर्ने उल्लेख गरेको छ ।
यो व्यवस्था २०८२/०२/१८ देखि लागू हुनेछ, जसले वित्तीय संस्थाहरूलाई तरलता व्यवस्थापनमा थप कडाइका साथ नियमन गर्ने उद्देश्य राखेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
साथै, केन्द्रीय बैंककले शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गर्न पनि निर्देशन गरिएको छ ।