२०८३ साउन ११ सोमबार

तोलामा १६ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, जेष्ठ १४ २०८२
3.8K
Shares
तोलामा १६ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । यो साता सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ।  सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको हो ।

बुधबार सुन प्रतितोला एक लाख ८९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार प्रतितोला १० रूपैयाँले घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रूपैयाँले बढेको छ।

महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ रूपैयाँ तोकिएको छ।  चाँदी प्रतितोला एक हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij