ई-आर्थिक, काठमाडौं । गभर्नर पदका आकांक्षी रहेदा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टको राजीनामा अस्वीकृत भएको छ । राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले उनको राजीनामा अस्वीकृत गरेका हुन् ।
गभर्नर डा. विश्व पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारी दिदै भट्टलाई गभर्नरको कार्यालयमा सरुवा गरेका छन् ।
डा. भट्टको नाम नेपाली कांग्रेसको कोटाबाट गभर्नरमा सिफारिस हुने चर्चा रहदा उनले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगर्दा उनी केन्द्रीय बैंकको गभर्नर बन्न रोकिएका थिए ।
भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सरुवा गरिएको राष्ट्र बैंकले जनायो । यो कार्यालय प्रकाश श्रेष्ठले सम्हाल्दै आएका थिए । उनी सेवानिवृत भएको कारण भट्टलाई उक्त कार्यालयको जिम्मेवारी दिइएको हो ।
भट्ट हाल अमेरिका गएका यस विषयमा उनको आधिकारिक धारणा आएको छैन् ।