ई-आर्थिक, संखुवासभा । संखुवासभामा ४० मेघावाट क्षमताको अप्पर संखुवाखोला हाईड्रो पावर प्रोजेक्टको आयोजना निर्माण सुरु भएको छ ।
संखुवासभा जिल्ला सिलिचोङ गाउंपालिका स्थित ह्याप्पी इनर्जीद्वारा प्रवर्द्धित ४० मेघावाट क्षमताको अप्पर संखुवाखोला हाईड्रोपावर प्रोजेक्टको आयोजना निर्माण हुदैछ।
उक्त आयोजनाको कुल लागत ८ अर्ब २३ रहेको यो आयोजनामा संस्थापक समूहको २५ प्रतिशत र बैंकहरुको ७५ प्रतिशत अर्थात रु ६ अर्ब १८ करोड रहने छ। आयोजनामा कृषि बिकास बैक को नेतृत्व मा सिद्धार्थ बैंक ,सिटिजन बैक , प्रभु बैंक लगायतको कर्जा लगानी रहेको छ।
हाइड्रोपवारको सुरुङ तर्फको कार्य गर्नकालागि देवकोटा निर्माण र सिभिल तर्फको कार्य कार्यगर्नका लागि गौरा कन्ट्रक्सन छनौट भैस्केका छन् । यस आयोजनामा इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलको कार्यको लागि प्रकृया अघि बढिरहेको कम्पनीले जनाकरी दियो ।
२० प्रतिशत सर्बसाधारण लगानीकर्तालाई शेयर छुट्याएको यस आयोजना सम्पन्न भए पछिको पहिलो बर्षको पिद्युत बिक्रिबाट हुने आम्दानी प्रति मेघावाट तीन करोड ६५ लाख हुनेछ भने प्रति बर्ष ३ प्रतिशतका दरले ९ पटक मुल्य समायोजन हुंदा चार करो८ ५१ लाख पुग्ने छ ।
सम्भवत प्रति मेघावाट आम्दानीको हिसाबले यो आयोजना उत्कृष्ट आयोजना बन्नेछ । निर्माण कार्य शुरु भै सकेको आयोजना २०८४ पौष मसान्त सम्ममा निर्माण सम्पन्न गर्नेगरि कार्य अघि बढिरहेको कम्पनीले जानकारी दियो ।